२०८३ असोज ६ गते मङ्गलवार

सुगरका बिरामीले नियमित आँखाको जाँच गराउनु पर्ने

फाइल फाेटाे

 तुलसीपुर २३ मंसिर । सुगर र प्रेसरका बिरामीले नियमित रुपमा आँखाको जाँच गराउनु पर्ने नेत्ररोग विशेषज्ञहरूलाई सुझाव दिएका छन् । सुगर र प्रेसरले विशेष गरेर आँखाको रेटिना र पर्दाको नसामा असर गर्ने भएकाले नियमित रुपमा जाँच गर्नुपर्ने उनीहरूको सुझाव छ । गएको वर्ष उपचारका लागि आएका बिरामी मध्य २५७ जना सुगर र प्रेसरका बिरामीहरूमा आँखाको रेटिना र पर्दामा समस्या देखिएको राप्ती आँखा अस्पताल तुलसीपुरका नेत्र रोग विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले बताउनुभयो ।

अहिले पनि आँखाको ज्योति गुम्ने अवस्थामा ५ प्रतिशत सुगरका बिरामी अस्पतालमा आउने गरेको डाक्टर सुवेदीले बताउनुभयो  । खानपानमा ध्यान नदिईदा, शारीरिक व्यायम नगर्दा र सवारी साधनको प्रयोग गर्दा शहरी क्षेत्रमा सुगर र प्रेसरका बिरामीहरूको संख्या बढ्दै गएको डाक्टर सुवेदीले बताउनुभयो ।

पहाडी क्षेत्र भन्दा शहरी क्षेत्रमा सुगरका बिरामीहरू बढी देखिने गरेका छन् । उहाँका अनुसार सहरमा ४० वर्षमुनि र पहाडी क्षेत्रमा अक्सर ७० वर्ष माथिकालाई सुगर र प्रेसरको समस्या देखिने गरेको छ । सुगरका बिरामीले अवस्था हेरेर ३ देखि ६/६ महिनाको अवधिमा आँखा चेकजाँच गराउनुपर्छ ।।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।