२०८३ कार्तिक १२ गते बिहिवार

घरटहरा हटाउन तुलसीपुरमा लगत संकलन गरिदै

 तुलसीपुर, २१ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले अतिक्रमित जग्गाको लगत लिन सुरु गरेको छ । जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गुज्रिए पछि उपमहानगरले दोस्रो चरणमा लगत लिन सुरु गरेको हो । लगत संकलन टोलीले नम्बरिङ र जग्गा छुट्याउने काम गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो । लगत सङ्कलनको कार्य करिब १५ दिन लाग्ने र त्यस लगत्तै अतिक्रमित संचरनाहरु हटाउने उपमहानगरले जनाएको छ ।

तुलसीपुर उपमहानगरको कार्यालय रहेको कित्ता नं. ८१२ को जग्गा अतिक्रमण गरेर ३ वटा व्यवसायीका भवन निर्माण गरिएको छ । त्यसैरी कित्ता नं. ५४५ को तीन कठ्ठा जग्गामा पनि आरसीसी भवनहरू बनेको छन् । कित्ता नं.५४४ मा पर्ने एक विगाह १० कठ्ठा १४ धुर जग्गा मध्य उपमहानगरले १० कठ्ठा मात्रै भोगचलन गर्दै आएको छ । बाँकी एक बिगाहा १४ धुर जग्गा व्यक्तिले कब्जा गरेर भवन हालेर बसेका छन् । त्यसैगरी कित्ता नं. ५४६ को ११ कठ्ठा कित्ता नं. ८१२ को १० कठ्ठा समेत अतिक्रमणमा परेको छ ।

त्यसैगरी कित्ता नं. ४९९३ को ५३५६५.६९ वर्ग मिटर जग्गा पनि अतिक्रमणमा परेको छ । उपमहनगरले लगत लिए लगत्तै उपमहानगरको आसपास क्षेत्र र बसपार्क क्षेत्रमा अतिक्रमण गरेर बनाइएका भवनहरू हटाउन सुरु गर्ने मेयर टिकाराम खड्काले जानकारी दिनुभयो ।।

 

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।