तुलसीपुर, ३० भदौ । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमाल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवापश्चिम नेपालको अन्तिम सीमाना सम्मपुगेको छ ।
फोरजी सेवाकालागिनेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिका स्थित न्यु बालाशिखर स्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंक मार्फत र त्यहाँबाट ज्याक्तीहुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको हो । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।
अब छाङरुमा रहेका करिव १२० जति घरधुरी र ७ सय जति जनसंख्यातथाअन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्यायसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँचपुगेको छ ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगा हर्जमा मोबाइल मार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारकाअन्य विभिन्न कार्यालय समेत रहेका छन् ।
विकट र दुर्गम स्थानमा समेत सेवाउपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार नेपाल टेलिकमले देशका विभिन्न विकट स्थानमा हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको छ । यसैको निरन्तरताको रुपमा छाङरुमा समेत सेवा उपलब्ध भएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।