देउखुरी २२ भदौ । देउखुरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वका लागी आउदो शनिवार निर्वाचन हुने मिति तय भएको थियो । निर्वाचन समितिले कार्यतालिका अनुसार आज सोमबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । जसमा संघको सबै पदाधिकारीहरुमा एकल उमेदवार रहेका छन् । सवै पदमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक शिव वलीका अनुसार तोकिएको समयसम्म प्रत्येक पदमा एकरएक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरूलाई सम्बन्धित पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। त्यस्तै वरिष्ठ उपाध्यक्षमा शारदा सुवेदी, उपाध्यक्ष महिलामा मेनका केसी, उपाध्यक्ष उद्योगमा डिल्लीराज खनाल, उपाध्यक्ष वाणिज्यमा विष्णु प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी महासचिवमा सुदिप पाण्डेय, कोषाध्यक्षमा अन्जुल अली, सचिवमा बुद्धिराम भुसाल र सह–कोषाध्यक्षमा अकबर अली निर्विरोध निर्वाचित भएका छन्। त्यसै गरि सदस्य उद्योगमा डिल्लीराज अधिकारी, सदस्य वाणिज्यमा सुन्दर केसी र थम्मन चौधरी, सदस्य महिलामा राधा खनाल र एलिजा गुरुङ तथा खिमलाल खनाल, राकेश चौधरी, विस्नी कुमारी बस्नेत, झपेन्द्र बहादुर वली क्षेत्री र सुनील मन्त्री खुला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन समितिले निर्विरोध निर्वाचित हुने उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै आगामी निर्वाचन तथा सपथ ग्रहण कार्यक्रम सम्बन्धी थप जानकारी कार्यालयबाट अर्को सूचना जारी गर्ने जानकारी दिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।