तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बालबालिकाहरुलाई नैतिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा नैतिक शिक्षाको अभावकै कारण समाजमा लागुपदार्थ दुव्र्यशनी कुलतको समस्या देखिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले बालबालिकाहरुको शिक्षा,स्वास्थ्य जस्ता नैसर्गिक अधिकारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नगर बालसञ्जालका अध्यक्ष शिशिर गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, सामाजिक विकास समिति संयोजक मानबहादुर रावत, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहिद स्मृति माविका पशुराम रोका प्रथम, ग्रेट अरनिको माविका इन्द्र खत्री द्घितीय ,ज्ञान ज्योति माविका नवीन वली तृतीय , महेन्द्र माविका प्रेरणा परियार र हिमाल बोर्डिङका आर्जन बस्नेत शान्त्वना हुनुभएको थियो ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।