तुलसीपुर बजारमा पार्कीङको समस्या उस्तै, निषेध स्थानमा सवारी पार्कीङ

तुलसीपुर,२३ साउन । तुलसीपुर बजारमा जथाभावि सवारी साधन पार्कीङ हुदा सर्वसाधारण नागरिकलाई सास्ती भएको छ । बजार क्षेत्रका मुख्य सडक खण्डमा यत्रतत्र साना तथा ठुला सवारी पार्कीङले दुर्घटनाको जोखिम समेत बढाएको छ । बजार क्षेत्रको सल्यान रोड,बसपार्क जाने बाटो,सितलपुर जाने बाटो र तुलसीपुरको घोराही चोक लगाएतका स्थानमा विच सडकमा सवारीको पार्कीङले सर्वसाधारण यात्रुलाई समस्या हुने गरेको छ । साना सवारी अटो तथा मोटरसाइकल लगाएत जहाँ त्यहि पार्किङ गर्दिनाले नागरिकले पैदल यात्रा गर्न सास्ती भएको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिका ६ निवासी तिलक अर्याल गाउँ देखि बजार दैनिक आउजाउ गर्दै आउनुहुन्छ । तर बजारमा पार्कीङ निषेध गरेको स्थानमा समेत सवारी पार्कीङ भएको देख्दा ट्राफिक नै छैनन कि भन्ने लाग्ने गरेको उहाँ बताउनु भएको छ । यस्तै अर्का तुलसीपुर उपमहानगरपालिका ७ निवासी मधुसुदन लामीछानेले बजार क्षेत्रका सडक साँघुरो र त्यस माथि अब्यवस्थित सवारी पार्कीङ कारण सवारी आवगमन र पैदल यात्रुलाई हिड्न समस्या भएको बताउनुभयो ।
तुलसीपुर बजार क्षेत्रमा वर्षौ देखि भोग्दै आएको समस्या अब्यवस्थित पार्कीङ उस्तै रहेको छ । जथाभावि सवारी पार्कीङ गर्नाले बजार क्षेत्र कुरुप बन्दै गएको छ । त्यसमाथि ठुला सवारी र अटो बिच बाटोमै पार्कीङ हुदा हतारमा झनै समस्यामा परेको दंगीशरण गाउँपालिका ६ निवासी तारा केसी बताउनुभयो ।

त्यसैगरी ट्राफि प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव निरीक्षक तिर्थराज भुसालले बजारमा यत्रतत्र पार्कीङको समस्या नरहेको बताउनुभयो । विभिन्न सरोकार वाला निकाएको समोन्वयमा पार्कीङको ब्यवस्था गरी  समस्या हल गरेको उहाँको भनाई छ ।

तुलसीपुर बजार क्षेत्रमा जथाभावि मनोमानी सवारी पार्कीङ गर्नाले पैदल यात्रु लगाएत अन्य यातायातका साधनलाई समेत समस्या हुदै आएको छ । यसले दुर्घटनाको जोखिम समेत बढाएको देखिएको छ । अब्यवस्थित पार्कीङलाई ब्यवस्थापन गरी सम्बन्धित निकायले दुर्घटना न्युनिकरण गर्न तर्फ ध्यान दिन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया