२०८३ कार्तिक १२ गते बिहिवार

बदेल र बाँदरले मकै साखाप पारेपछि अश्वाराका किसान चिन्तित

फाईल फोटो

अश्वारा, २१ साउन । दाङको तुलसीपुर स्थित अस्वारामा बदेल र बाँदरले किसानहरुको मकै सखाप पारेपछि किसानहरु चिन्ती भएका छन् । अन्न बालीको सबैभन्दा जेठो बालि मानिने मकै घोगा लाग्ने समयमा बदेल र बाँदरले साखाप पारेपछि यति बेला त्यस क्षेत्रका किसानहरु चिन्तित देखिएका हुन् । दिउँसोमा बाँदर र रातमा बदेलको ग्वला लाग्दा समेत अपेक्षाकृत रुपमा मकै बालि बचाउन नसीएको तुलसीपुर – ८ अश्वारा निबासी किसान रामबहादुर बिकले बताउनुभयो ।

‘काम गरी खाने मान्छे । कसैको काम गर्न जाउँ यता मकै सकिन्छ । नजाम घर खर्च चल्दैन । हेर्दा हर्दै मकैबालि सकिसक्यो,’ किसान बिकले बदेल र बाँदरले रित्याएको खाली बारी देखाउँदै भन्नुभयो –‘ हिउँदभरी जम्मा गरेको अन्न पनि सकियो । यही मकैले घर खर्च र पेट पाल्ने सोचेका थियौं । बरबाद भयो । अब केगरी खाने होला ।’

रातमा बदेल र दिनमा बाँदरको ग्वाला लागे पनि मकै बाली पुर्ण रुपमा बचाउन नकिएको किसानहरुले बताएका छन् । बिकको जस्तै अन्य किसानको पनि समस्या उस्तै छ । जंगली वन्यजन्तुले सुकबहादुर विश्वकर्मा, सन्तोष भण्डारी, सन्तोष राना, धनिराम वली लगाएतका किसानहरुले करिब १५ विघाह क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेका छन् ।

यसैबिच किसानहरुले क्षेतिको एकिन बिबरण संकल गरेर उचित राहत दिनका लागि वडा र स्थानीय सरकारसंग माग गरेका छन् । यता तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमले वन्यजन्तुले मकै बालीमा क्षेति पु¥याएको गुनासो पहिलो पटक कार्यालयमा आएको बताउनुभो ।

‘मकैमा रोग लागेको भन्ने गुनासो त आएको थियो र तर बदेल र बाँदरले क्षेति गरेको कुरा आएको थिएन । यो पनि एउटा विपत जस्तै घटना हो ।यसका लागि बजेटको त व्यवस्था पनि छैन । भोली हामी त्यस ठाउँमा पुगेर के कस्तो क्षेति भएको छ हेर्छौ त्यसपछि के गर्न सक्निछ सल्लाह गरौंला ।’ गौतमले भन्नुभयो ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।