तुलसीपुर, १७ साउन । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतलाई तेस्रो पटक कोरोना संक्रमण भएको छ । साउन १५ गते कोरोना संक्रमण भएपछि उहाँ अहिले होम आइसोलसेशनमा बसीरहनु भएको छ । यस अघि उहाँलाई २ पटक कोरोना संक्रमण भइसकेको. छ ।
कोभिड बिरुद्धको दुईवटा खोप र बुष्टर समेत लगाँउदा पटक–पटक कोरोनाले आक्रमण गरेको भन्दै अध्यक्ष बस्नेतले हेलचेक्रयाँइ नगर्न आम दाङबासीलाई आग्रह गर्नुभएको छ । ‘कोरोना बिरुद्धको खोप लगाएको छु भनेर ढुक्क नहुनुस । मैले पनि लगाएको थिए । तर आज पनि कोरोनाले सताइरहेको छ र पिडाका बाबजुत घरमा बसीरहेको छु । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाउनुस आफु–आफ्नो परिवार र समाजलाई सुरक्षीत राख्नुस ।’
अध्यक्ष बस्नेतले भन्नुभयो । यता तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल केसीले अहिलेसम्म अस्पतालमा भर्नाहुनेगरी कोहि पनि कोभिड संक्रमित नभाएको बताउनु भएको छ । कोभिडको लक्षण देखिएका दैनिक ३÷४ जनाले टेलिफोन गरेर परामर्श लिने गरेको बताउँदै होम आइसुलेशनमा बसेका कारण एकिन तथ्याङ नआएको बताउनुभयो ।
उता बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हापुरे प्राथमिक अस्पतालमा गरिएको एन्टिजेन परिक्षणबाट अध्यक्ष खत्रीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाउँपालिकामा मंगलबार ५ जनामा गरिएको एन्टिजेन परिक्षणबाट अध्यक्ष खत्रीको रिपोर्ट पोजेटिभ आएको हापुरे अस्पतालका प्रमुख डा.सन्दिप शर्माले जानकारी दिनुभयो । अध्यक्ष खत्री अहिले होम आइसोलेसनमा रहेको स्वास्थ्य शाखा प्रमुख हेमराज वलीले जानकारी दिनुभयो ।
गाउँपालिकामा २ जनामा संक्रमण देखिएपछि गाउँपालिकामा स्वास्थ सतर्कतामा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलले जानकारी दिनुभएको छ । रावलले गाउँपालिका अध्यक्ष र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।