२०८२ चैत्र २५ गते बुधवार

रुन्टीगढीमा २ बर्षमा घर–घरमा धारा र बिजुली

तुलसीपुर, ५ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिकाले अबको २ बर्षमा प्रत्येक घरमा धारा पुर्‍याउने भएको छ । सरकारको एक घर एक धारा नीति अनुसार पालिका क्षेत्र भित्र रहेका सबै घरमा धारा पुर्‍याउने  लक्ष्य लिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो ।

भौगोलिक विकटताका कारण खानेपानीको चरम अभाव भोग्दै आएका यस क्षेत्रका जनताको जीवनयापनमा थप सहजता पैदा गर्न खानेपानी र बिजुली बत्ती पुर्‍याउने  योजना अघि सारिएको अध्यक्ष पुनले बताउनुभयो । त्यसका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको छ ।

अध्यक्ष पुनले पालिका क्षेत्रमा बस्दै आएका जनतालाई ३० युनिटसम्म विद्युत महशुलमा छुट दिने प्रतिवद्धता गरेपनि स्पष्ट बहुमत नहुँदा उक्त प्रस्ताव कार्यान्वयनमा आउन नसेको बताउनुभयो । यद्यपी कृषीमा लाग्दै आएको करलाई भने पालिकाले हटाइसकेको छ ।

यस अघि पालिकाले प्रति कुइन्टलमा ५० रुपैयाँका दरले कर लिदै आएको थियो । यो निर्णयबाट त्यसक्षेत्रका किसानहरु उत्साहित भएका छन् ।।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया