तुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले विपन्न एक परिवारलाई आँखाको उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १३ निबासी दृष्टि बिहीन प्रेम बहादुर वलीको आँखा उपचारका लागि उपमेयर चौधरीले २२ हजार सहयोग गर्नुभएको हो । पिडित वलीका छोरा भुवन सिङ वलीलाई आफ्नै कार्यालयमा बोलाएर व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको उपमेयरको सचिवालय प्रमुख सुशीला शाहले जानकारी दिनुभयो ।
‘यस अघि ५ हजार र २ हजार घरमै गएर दिएकी थिए । आज यही कार्यालयमा बोलाएर १५ हजार रुपैयाँ दिएकी छु । धेरै दिन सकिएन । फेरि फेरि पनि आउनु भनेकी छु ।’ उपमेयर चौधरीले भन्नुभयो ।
ठूलो हुनका लागि भन्दा पनि आफु पनि विपन्न समूदायको भएकाले अपठेरो र दुःखमा परेलाई सहयोग गर्न पाउँदा निकै खुशी हुने गरेको उपमेयर चौधरीले बताउनुभयो । १५ बर्षको उमेरमा वनमा गएको समयमा दाँया आँखा गुमाउनु भएका ४२ बर्षका वलीले बायाँ आँखा पनि गुमाई सक्नु भएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।