२०८३ कार्तिक १२ गते बिहिवार

तुलसीपुरमा ३ हजार घरमा खरको छानो विस्थापन

तुलसीपु्र, १७ असार ।तुलसीपुर उपमहानगरपालिकाले ५ वर्षको अवधिमा करिब ३ हजार घरमा खरको छानो विस्थापन गरेको छ । खरको छाना मुक्त अभियान अन्तर्गत ३ ओटा कार्यक्रमबाट खरको छाना विस्थापन गरिएको उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानिय सरकारले संचालन गरेको कार्यक्रम अन्तर्गत मेयर खरको छानो विस्थापन कार्यक्रमबाट १७ सय घरपरिवारलाई टिनको पाता वितरण गरिएको हो । सुरुमा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर धनश्याम पाण्डेको नेतृत्वमा संचालित कार्यक्रममा उपमहानगरपालिकाबाटै टिनको पाता खरिद गरेर वितरण गरिएको थियो । प्राविधिकले यो घरमा यति ओटा टिन लाग्छ भनेर स्टिमेट गरे अनुसार हामीले उपमहानगरबाट टिन खरिद गरेर दिन्थ्यौँ, न्यौपानेले भन्नुभयो । त्यसपछि मेयर खरको छानो विस्थापन कार्यक्रम स्थगित भयो र संघीय सरकारले संचालन गरेको सुरक्षित आवास कार्यक्रम संचालन भयो । यस कार्यक्रमबाट गत आर्थिक वर्ष ८ सय ९६ घरपरिवारलाई वितरण गरिएको हो । यस अन्तर्गत टिनको पाता नभएर किस्ता किस्तामा गरेर १ लाख रुपैयाँ दिएको उहाँले बताउनु भयो । उपमहानगरपालिकाबाट पैसा दिने र उनीहरु आफैँले टिन किनेर खरको छानोलाई विस्थापन गर्ने काम गर्नु भयो, उहाँले भन्नुभयो । यस्तै अकस्मात रुपमा आउने बाढी, पहिरो जस्ता विपतमा परेका नागरिकहरुलाई वडाको सिफारिस अनुसार विपत व्यवस्थापन शाखाबाट ४ सय घर परिवारलाई पनि टिनको पाता उपलव्ध गराइएको सुचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । विपतमा परेकालाई विरतण गर्दा आवश्यकता अनुसार दिइएको उहाँको भनाइ छ । उहाँका अनुसार, खरको छानो मुक्त अभियान अन्तर्गत खरको छानो भएका घर परिवारलाई वितरण गरिएको हो। अन्य घरपरिवारलाई होइन उहाँले भन्नुभयो । अझै पनि कतिपय घरहरुमा टिनको छानो विस्थापन गर्ने बाँकी रहेकाले यस आर्थिक वर्षमा कार्यक्रमलाई फेरी निरन्तरता दिने बताउनु भयो ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।