२०८३ कार्तिक १० गते सोमवार

विश्व एड्स दिवस दाङमा पनि मनाइदै

तुलसीपुर,१५ मंसीर । ‘स्वास्थ्य हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ ३०औँ विश्व एड्स दिवस आज दाङमा पनि मनाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा यो दिवस मनाउन लागिएको जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेरलले जानकारी दिनुभएको छ । आज घोराहीको तुलसीपुर चोकमा प्रचारात्मक स्टल राखेर दिवस मनाउने उहाले जानकारी दिनुभयो । स्टलमा कण्डमको उपयोगिताबारे र एच.आई.भि एड्सको नियन्त्रणका जानकारी दिने आयोजक जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गइरहेको एचआईभी एड्स रोकथाम र नियन्त्रणका लागि आज कार्यालयले जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाउने भएको हो । कार्यक्रममा उपस्थितिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका एचआईभी÷एड्स फोकल पर्सन ओमपि न्यौपानेले सबैमा आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।