२०८३ साउन ८ गते शुक्रवार

रौँ भएको काखी देखाएर साढे चार करोड कमाई गर्ने मोडल यी हुन्

एजेन्सी, १७ जेठ । ओन्लीफ्यानकी एक मोडलले आफ्नो रौँ भएको काखी देखाएर मात्रै आफूले दुई वर्षमा तीन लाख पाउन्ड (लगभग ४ करोड ७० लाख रुपैयाँ) कमाएको दाबी गर्नुभएको छ । तर यसले आफ्नो यौन जीवन भने ध्वस्त पारेको उनले जिकिर गरेकी छिन् । ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो । कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन् ।

२८ वर्षकी फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गर्नुभएको छ । उहाँ प्रति पुरुषको अपेक्षामा विरोधमा उहाँले यस्तो गरेको बताउनुभयो ।

केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले उहाँलाई ‘फोहोरी’ को संज्ञा दिएका छन् । पछिल्लो पाँच वर्षमा आफूले दुईपटक मात्रै यौन सम्बन्ध स्थापित गरेको उहाँले बताउनुभएको छ ।

‘सेभ गर्न छोडेपछि मेरो एकजनासँग सम्बन्ध स्थापित भयो । ती पुरुषले मेरो काखीको रौँमा चुम्बन गरे र मेरो महिला सशक्तिकरण मनपरेको बताएका थिए,’ उहाँले भन्नुभयो । ‘उनको यो शब्दले मलाई निकै सम्मान मिलेको महसुस भयो । त्यो अनुभव असाध्यै अप्रत्याशित थियो ।’

उनले थपिन्, ‘मैले त्यस्तो धेरै पुरुषहरु भेटेँ जसले मलाई म ‘उदेकलाग्दो, फोहोरी र अल्छी’ को संज्ञा दिए । कतिले त मलाई मार्ने धम्कीसमेत दिए । कतिले म जीवनभर एक्लो हुने र कोही पनि केटा नपाउने घोषणा पनि गरिदिए ।’

‘म आफ्नो काखीको रौँमा निकै खुसी छु । अहिले मलाई यो खासै धेरै जस्तो पनि लाग्दैन तर यसले मलाई बढी सेक्सी भएको महसुस गराउँछ ।’

‘आफ्नो काखीलाई सार्वजनिक स्थानमा माथि उठाउँदा मलाई गौरव महसुस हुन्छ विशेषगरी त्यतिबेला जब मजस्तै सोच्ने मानिस मेरा वरिपरि हुन्छन् ।’

फेनेलाको ठूलो स्तन भएका कारण उनलाई स्कूलमा धेरैले घुरेर हेर्ने गरेको उहाँ बताउनु हुन्छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया