
रुकुम पश्चिम ,१४ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ लहुका वीर बहादुर खड्काको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएका खड्काले करिब ९ बर्ष देखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । आफ्नै दुई रोपनी बाझो जमिनमा तीन लाख लगानी गरेर ब्यवसायीक तरकारी खेती सुरु गरेको उहाले अहिले बर्सेनि ४ देखि ५ लाख सम्म आम्दानी गर्दै आएको बताउनुभयो ।
उहाँको तरकारी खेती अहिले १० रोपनी सम्म फैलिएको छ । तरकारी खेतीले गर्दा घर खर्च, छोराछोरीको पढाइ खर्च सहजै टर्नै गरेको उहाँको भनाइ छ । उहाँको बारिमा अहिले बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टा लगायतका तरकारी छन् । उहाले मौसम अनुसारका सम्पुर्ण तरकारी खेती गर्दै आउनुभएको छ । स्नातक पास गर्नुभएका उहाँले रोजगारी अवसर नपाएपछि निकै कष्ट भएको गुनासो गर्नुभयो । तर अहिले खड्काले आफ्नै लगानीमा ब्यवसायीक तरकारी खेती सुरु गरेपछि गाउँकै दुई जना युवालाई रोजगारी दिन समेत सफल बन्नुभएको छ । २०७७ सालमा जिल्ला कृषि बिकास कार्यालय बाट २ लाख अनुदान समेत पाएको उहाँ बताउनु हुन्छ । उक्त अनुदानले थप मेहनत गर्ने हौसला बढ्यो,, उहाँले भन्नू भयो । दिनभरि तरकारी खेतीको गोडमेल र सिँचाइ गर्नमा व्यस्त हुने साँझ टिपेको तरकारी टोकरीमा बोकेर बजार लगेर बेच्ने गर्छु उहाँले भन्नू भयो ।
गाउमा मोटर बाटो भएपनी नियमित गाडी नचल्दा उत्पादन भएका तरकारी उपभोक्ता सम्म पुर्याउन कठिन हुन्छ । उहाले तरकारी सङ्गै विभिन्न प्रकारका बिरुवा पनि उत्पादन गर्दै आउनु भएको छ । आफू आफ्नो पेसाबाट पुर्ण रुपमा सन्तुष्ट रहेको उहाँ बतनउनु हुन्छ । धेरै शिक्षित युवाहरु वैदेशिक पलायन हुन्छन् तर दुख गरे नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनु हुन्छ । अरुको मुख ताकेर बस्नु भन्दा पनि बाझो जमीनमा मेहनत गरे हराभरा बनाई राम्रो आम्दानी गर्न सकिने उहाँ एक पात्र बन्नु भएको छ ।