२०८३ साउन १२ गते मङ्गलवार

स्थानीय तहको निर्वाचन आउन अब २८ दिन बाँकी

सांकेतिक तस्विर

काठमाण्डौ,२ बैशाख ।स्थानीय तहको निर्वाचन आउन अब २८ दिन बाँकी रहदा चुनाबी माहोल बढ्दै गएको छ । टोलटोलमा चुनाबी चहल पहल र कार्यक्रमहरू बढिरहेका छन् । आउदो निर्वाचनमा देशभरबाट ७९ राजनितिक दलले भाग लिदै छन् । चुनाबमा भाग लिने दल र उम्मेद्वारले घरदैलो कार्यक्रम गर्ने , गाउँटोलमा कार्यक्रम गर्ने तथा मतदाता आकर्षित गर्ने काम गरिरहेका छन् ।

सत्ता गठबन्धनमा चुनाबी तालमेलको लागि स्थानीय स्तरमा नै छलफल चलिरहदा नेकपा एमाले पनि राप्रपा लगाएतका दलहरूसँग तालमेलमा रहेको छ ।अहिले दल र आकांक्षीहरू भोट माग्नको लागि टोल टोलमा जाने क्रम चलिरहेको छ । राजनितिक दलले घोषणा पत्र लेख्ने तथा कतिपयले जारी गर्ने क्रम पनि सुरू भएको छ । दलका सबै नेताले आगामी निर्वाचनमा आफू पहिलो पार्टी बन्ने र अरूलाइ हराउने दाबी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया