तुलसीपुरमा सन्ध्याकालीन सरसफाई सुरु

शरद रेग्मी
तुलसीपुर, २ मंसीर । दाङको तुलसीपुरमा आज देखी एक कार्यक्रमका बिच सन्ध्याकालिन सरसफाई कार्यक्रम सुरु गरीएको छ । शनिबार एक कार्यक्रमका विच राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सन्ध्याकालीन सरसफाई अभियान सुरु गरीएको हो । त्लसीपुर अद्योग वाणिज्य संघको रजत जयन्तीका अवसरमा रोट्रयाक्ट क्लवको आयोजनामा एक सय दिनका लागी निरन्तर सरसफाई अभियान सुरु गरीएको हो । सरसफाई अभियान सुरु भएदेखी प्रत्येक हप्ताको शनिवार र आवश्यक अनुसार जुन सुकै समयमा पनि मर्मत र सरसफाई अभियान सुरु गरीने सरसफाई अभियान्ता एवं तुलसीपुर उद्याउग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रीजालले जानकारी दिनु भएको छ । सो अभियान अन्तर्गत अञ्चल अस्पताल परीसरमा सरसफाई ,मर्मत तथा सुधार , वुक्षारोपण , क्यारी , लगाएत सरसफाई सम्वन्धी कार्यक्रम गरीने रिजालले जानकारी दिनुभयो । रोट्रयाक्ट क्लवका अध्यक्ष सचिन पौडेलको अध्यक्ष्तामा भएको उदघाटन कार्यक्रममा तुलसीपुर उपमहानगर पलिकाका प्रमुख घनश्याम पाण्डे , प्रदेश न. ५ का प्रहरी प्रमुख एआईजि मिङमार लामा , संघिय इकाई प्रहरी कार्यालयका प्रमुख दिलिप चौधरी , निमित्त मे.सु डा . विनोद लगाएतले सरसफाई अभियानलाई नमुनाको रुपमा सञ्चालन गर्न सवैलाग्नु पर्ने वताउनु भयो । कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर २ गते शनिवार
प्रतिक्रिया