२०८३ कार्तिक १३ गते शुक्रवार

मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउछु : मन्त्री बडू

काठमाण्डौ २४ चैत । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतीलाई सफलतापूर्वक पार लगाउने बताउनुभएको छ ।  आज बिहीवार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नका लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिबद्धताका साथ काम गर्ने बताउनुभयो ।  मन्त्री बडूले जनताले राहत महसुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना पनि सुनाउनुभयो ।  सरकारले कानुन मन्त्रीमा अधिवक्ता गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि मन्त्री बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।