२०८३ कार्तिक १२ गते बिहिवार

नेवा : देय् दबू महासंघको उपाध्यक्षमा दाङका भण्डारी निर्वाचित

तुलसीपुर, १६ चैत । नेवार समुदायहरुको संगठन नेवा :देय् दबू महासंघको उपाध्यक्षमा दाङका नरेस राजभण्डारी निर्वाचित हुनु भएको छ । चैत १४ र १५ गते धरानमा सम्पन्न भएको सातौँ अधिवेशनबाट उहा उपाध्यक्षमा २२६ मत पा्रप्त गरी निर्वाचित हुनु भएको छ । तुलसीपुर नेवार समाजका निवर्तमान अध्यक्ष समेत रहनु भएका भण्डारीका प्रतिद्धन्द्धी त्रिरत्न साक्यले १३८ मत प्राप्त गर्नुभएको थियो ।

सहमती नभएपछि महासंघको निर्वाचन भएको हो । अध्यक्षमा पवित्र बज्राचार्य निर्वाचित हुनु भएको छ । ४२४ मतदाता रहेकोमा ३८६ जनाले मतदानमा भाग लिएको नवनिर्वाचित उपाध्यक्ष भण्डारीले तुलसीपुर खवरलाई जानकारी दिनुभयो । २२ मत भने बदर भएको थियो । तुलसीपुरका कपडा व्यवसायी समेत रहनु भएका भण्डारीले सहमती हुन नसकेका अन्य केहि पदमा पनि निर्वाचन भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।