२०८३ कार्तिक १३ गते शुक्रवार

बँदेलको आक्रमणबाट पाँच जना घाइते

फाईल फोटो

काठमाण्डौ,६ चैत । जंगली बँदेलको आक्रमणबाट गएराति कञ्चनपुरको बेदकोट नगरपालिकाका पाँच जना घाइते भएका छन् । नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दका अनुसार बँदेलको आक्रमणबाट घाइते हुनेमा शोभाक कोली, डम्बर लुहार, पदम कुवँर र शारदा भट्ट रहेको प्रहरीले बताएको छ । बँदेलको आक्रमणबाट घाइते भएका मध्ये चार जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ भने एकजना समान्य घाइते भएको प्रहरीको भनाई छ । उनी उपचार पछि घर फर्केका छन् । स्थानिय बासिन्दाले गहुँबारीमा आएको बँदेल भगाउने क्रममा आक्रमणमा परी घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।