२०८३ कार्तिक ११ गते बुधवार

दाङमा किसानले कहिले पाउँछन राहात ? कृषि ज्ञान केन्द्र बेखबर

तुलसीपुर, ११ फागुन । दाङमा गत असोज अन्तिम साता परेको हिउँदे बर्षातका कारण जिल्लाभर अन्दाजी ६९ करोड १७ लाख मुल्य बराबरको धानबालीमा क्षति पुगेको सरकारी तथ्याङकले देखाएको छ । गत वर्ष ३९ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमा धानखेती गरिएकोमा झन्डै आठ हजार ९९८ हेक्टर जमिनको धानखेतीमा क्षति पुगेको छ । तर सरकारले धानबालीमा क्षति भएका किसानहरुलाई राहात दिने भनेर फारम संकलन गरेको चार महिना वितिसक्दा पनि अझै राहात पाउन सकेका छैनन । गत वर्ष झन्डै तिन बिगाहा क्षेत्रफलमा धानखेती गर्नुभएका पश्चिम दाङको बबई गाउँपालिका वडा नम्वर ७ झारगजेरीका किसान टोप बहादुर चौधरीले अहिले सम्म राहात नपाएको गुनासो गर्नुभएको छ ।

धान पाकेर ढल्याउने बेला एक्कासी परेको हिउँदे बर्षातले गर्दा आधा धान मात्रै भित्रयाउन पाउनु भएका उहाले राहात पाउने भनेर वडा कार्यालयमा फारम भरे पनि अहिले सम्म कुनै राहात नपाएको तुलसीपुर खबरसंग गुनासो गर्नुभयो । धानखेतीमा आधा भन्दा बढि नोक्सान हुदा अहिले आफु समस्यामा परेको बताउदै उहाले अहिले सम्म सरकारले राहात नदिएको उहाको भनाई छ । राहात कहिले पाईन्छ भनेर फारम भरेपनि सरकारले राहात केहिले दिन्छ भनेर पर्खेर बसेको चार महिना वितेका उहाले बताउनुभयो । उहा जस्तै अर्का किसान शान्तिनगर गाउँपालिका ७ बुढाडावरका टेकुलाल चौधरीले पनि अहिले सम्म राहात पाउनु भएको छैन । उहाले राहातका लागी फारम भरेपनि राहात कहिले पाईन्छ भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।

उहाहरु दुवै जना किसान प्रतिनिधिमुलक पात्र मात्रै हुनुहुन्छ । उहा जस्तै जिल्लाका कयौ पिडित किसानहरु अहिले राहात कहिले पाईन्छ भन्ने आशामा बसेका छन् ।तर जिल्ला प्रशासन कार्यालय दाङले भने धानखेती पिडित किसानहरुको लागी राहातको लागी रकम आईसकेको बताएको छ । सरकारले जिल्ला विपद व्यवस्थापनलाई रकम उपलब्ध गराएको कार्यालयका प्रशासकिय अधिकृत अम्मरराज शर्माले बताउनुभयो । तर उक्त रकम कृषि ज्ञान केन्द्र घोराही संग समन्वय गरी राहात वितरण हुने उहाले बताउनुभयो । जिल्लामा धानखेतीमा के कति क्षति भएको हो भन्ने विवरण कृषि ज्ञान केन्द्र संग भएकाले सोहि अनुसार समन्वय गरी राहात वितरण तत्काल सुरु गरिने उहाले बताउनुभयो ।

तर कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरे भने आफु यसबारेमा बेखबर भएको बताउनुहुन्छ । उहाले सरकारले कार्यविधि बनाएर सम्बन्धित पालिकाबाटै वितरण गर्ने भन्ने कुरा आफुले सुनेको बताउदै रकम आए नआएको बारेमा आफुलाई थाहा नभएको उहाले बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिले कृषि ज्ञान केन्द्र मार्फत वितरण गर्ने भनेर रकम आईसकेको छ भन्ने कुरा आएको छनी भन्ने हाम्रो प्रश्नमा उहाले यस बारेमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । यता किसानहरु भने राहात कहिले पाईन्छ भनेर पखाईमा बसेका छन् । फारम भरेको चार महिना वितिसक्दा पनि सरकारले अझै किसानहरुलाई राहात दिन सकेको छैन ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।