२०८३ कार्तिक ११ गते बुधवार

हिउँदे सिजनमा दाङमा डिएपी मलको अभाव

किसान भन्छन् –मल अभाबमा खेती गर्न समस्या

तुलसीपुर ९ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ हरियाँबासका किसान रेशम बहादुर खड्का बन्दा गोपि निकाल्न व्यस्त हुनु हुन्छ । साँझ सुत्ने समय हुँदा सधै परिवर्तन कृषि सहकारी संस्थाका मल बिक्रेता ढाका बहादुर के. सीलाई फोन गर्नु हुन्छ, अनि सर डिएपी मल आयो भन्न नपाउदै छैन भन्ने जवाफ आउँछ । फेरि गाउँवेशी कृषि सहकारी संस्थाका मल बिक्रेता सितला के.सीलाई फोन गर्नु हुन्छ त्यहाँबाट पनि उस्तै जवाफ आउँछ, उत्ता बारिमा बन्दा गोपी फालि हिउँदे अफसिजनको मुला लगाउने तयारी उहाको छ । तर सधै निरास भयर सुत्नु पर्ने अवस्था छ । आजभोली उहालाई कहाँबाट रासायनिक मल डिएपी ल्याउने होला भन्ने चिन्ता छ । ‘खड्काले भन्नुभयो,प्राइभेट रासायनिक मलले काम गर्दैन, पैसा खर्च मात्रै हुन्छ , अलि महगो पनि हुन्छ, माटोमा बिल्दैन, बालि पनि हुदैन सरकारी सहुलियतको मल भने समयमा पाउर्दैन । यस्तै अर्का किसान गंगाधर खड्काको समस्या उस्तै छ ।

उहाले पनि आलु खनेर मकै रोप्ने तयारी गर्नुभएको छ । तर डिएपी मलको अभाव छ । रासायनिक मल नहाली केही उत्पादन हुदैन,उहाले भन्नुभयो तर भनेको समयमा मल पाउर्दैन ।तुलसीपुर उपमहानगरपालिका वडा नं.३ हरियाँबास बाह्रै महिना उत्पादन हुने क्षेत्र हो । त्यहाको जग्गा कहिले खाली र बाँझो हुदैनन सिजन होस् वा अफसिजन होस तर मल नपायर किसान भने सधै समस्यामा पर्ने गरेका छन् । अर्का किसान छवि डाँगी पनि यस्तै समस्या भएको बताउदै उहाले सरकारले मल, बिउ मात्र समयमा दिने हो भने हामीहरूलाई राहात हुने बताउनुहुन्छ । हामी किसानको समस्या बुझने कोहि नेता सरकारमा जानू भएन समयमा मल पाउने हो र बजारको ग्यारेन्टी हुने हो भने कोहि बिदेशिनु पर्ने थिएन होला ‘उहाँले भन्नुभयो , नत वडा सरकार नत उपहानगर , प्रदेश सरकार कोहि सरकारले हेर्दैनन गाउँ गाउँको सिंहदबार कहाँ गयो ? डाँगी र खड्का एक प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । किसानले खेती गर्ने समयमा कहिल्यै पनि भनेको समयमा रासायिनीक मल पाउन सकेका छैनन ।

यता कृषि साम्रग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले दाङ जिल्लामा डिएपी मल नभएको प्रतिकृया दिएका छन । कृषि सामाग्री कम्पनी घोराही शाखाका प्रमुख टोपाराम गौतमले दाङ जिल्ला भित्र डिएपि मल नभएको बताउनु भएको छ । दाङमा डिएपी मल आउन अझै केही समय लाग्ने गौतमको भनाई छ । समयमा खरिद नभएका कारण तथा रसिया र चाईनाले प्रतिवन्ध लगाएको र अन्र्तराष्ट्रिय बजारमा मलको मुल्य दुई गुणा देखि तिन गुणाले बृद्धि भएको, टेन्डरमा चलखेल, खरिद प्रकृया ढिला हुदा यस्तो समस्या भएको उहाले बताउनु भयो ।साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड घोराही दाङका प्रमुख रामबाबु गुप्ताले डिएपी मल आउन केही समय लाग्ने बताउनु भएको छ ।कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञय पृथवीराज लामिछानेका अनुसार दाङ जिल्लामा हिउँदे सिजनमा ७ हजार ४ सय ९८ मेट्रीकटन डिएपी मल आवश्यक पर्ने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।