२०८३ कार्तिक १२ गते बिहिवार

बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु

फाईल फोटो

तुलसीपुर,२५ माघ । बाँकेको नेपालगञ्ज भेरी अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिला रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । कोरोना विरुद्धको दुवै डोज खोप लगाएकी महिलाको उपचारका क्रममा मंगलबार दिउँसो साढे १२ बजे मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो । गत सोमवार ती महिलामा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।