२०८३ कार्तिक १२ गते बिहिवार

दाङमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि, ३८ जना कोरोना मुक्त

फाईल फोटो

तुलसीपुर,२२ माघ । दाङमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसीआर र एन्टिजेन विधिबाट ७५ जनाको परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य संंचालन केन्द्र दाङले जानकारी दिएको छ ।

कोरोना पुष्टि हुनेमा पीसीआर र एन्टिजेन विधिबाट घोराहीका २१ जना, तुलसीपुरका २ जना, लमहीका १ र दंगिशरणका १ जना रहेको केन्द्रले जनाएको छ । सोहि अवधिमा बिभिन्न पालिकाका ३८ जना कोरोना मुक्त भएका छन् । त्यस्तै जिल्लामा हाल २७८ जना सक्रिय संक्रमित रहेका छन । संक्रमित मध्य २७० जना होम आईसोलेसनमा,४ जनाको सामान्य बेडमा र ४ जनाको आईसियुमा उपचार भईरहेको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।