फाईल फोटो
काठमाण्डौ,१८ माघ । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ निर्धारण गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ कायम गरेको हो । यसअघि दूधको मूल्य प्रतिलिटर ४९ दशमलव ५२ रुपैयाँ थियो ।बैठकले दूधको मूल्य ५६ दशमलव ४ रुपैयाँ कायम गरेसँगै १३ दशमलव १७ प्रतिशत अर्थात् ६ दशमलव ५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको छ ।
प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।