२०८३ कार्तिक १३ गते शुक्रवार

आज पनि सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ १४ माघ । सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो ।आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन हिजाे बिहीवार ९ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।