२०८३ कार्तिक १३ गते शुक्रवार

बाँकेमा १८ वर्षीया युवतीलाई बलात्कार आरोपमा दुई जना पक्राउ

सांकेतीक फाईल फोटो

तुलसीपुर,८ माघ । बाँकेमा १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेको प्रहरीले बताएको छ ।

युवती सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । त्यसैगरी कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।