२०८३ कार्तिक १३ गते शुक्रवार

पाँच दलीय समन्वय समितिको बैठक स्थगित

काठमाडौं ६ माघ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ । यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।