थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २९ पुस। पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आजसम्म आठ लाख ४१ हजार २९७ संक्रमित भएका छन् । आज एकजनको मृत्युभएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१० पुगेको मन्त्रालयले जनाएको छ । आज २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमति छन् ।

 

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया