२०८३ कार्तिक ११ गते बुधवार

दंगीशरणका किसानलाई बाख्रा तथा बुंगुर बितरण

दंगीशरण, २९ मंसीर । पश्चिम दाङको दंगीशरण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र सिड संस्थाको साझेदारीमा संचालीत दंगीशरण कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत किसानहरुलाई बाख्रा तथा बंगुर वितरण गरिएको छ । गाउँपालिकाको ३, ४ र ५ मा गठन गरिएका मुल समुहहरुका लागि बाख्रा वितरण गरिएको हो । मंगलबार गाउँपालिका अध्यक्ष भागिराम चौधरीले एक कार्यक्रमका विच उक्त बाख्रा वितरण गर्नुभएको छ ।अध्यक्ष चौधरीले गाउँपालिकाका नागरिकहरुलाइ आर्थिक रुपमा सबल बनाउनका लागि गाउँपालिकाले हेफर मार्फत बाख्रा तथा बुंगुर वितरण गरिरहेको जानकारी दिनुभयो ।

कृषि क्षेत्रलाई फस्टाउनका लागि विभिन्न कार्यक्रम संचालन गरि गाउँपालिका लागिपरेकाले यसलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो। मंगलबार ४ सतिदेवी स्वावलम्बी महिला समुहका २२ जना , सोहि वडाको मौलीमा गठित सम्झना स्वावलम्बी महिलाहरुलाई ३ वटा बाख्रा र २२ वटा वंगुर वितरण गरिएको छ । यस्तै वडा नम्वर ३ काठकुवा स्वावलम्बी महिला समुहमा १० वटा वाख्रा, हेकुलीमा गठित देउथान स्वावलम्बी महिला समुहमा ६ वटा बाख्रा वितरण गरिएको छ । यस्तै सो समुहमा २५ जना सदस्य रहेकोमा बाकिँ सदस्यहरुलाई गत वर्षमा वँगुरको पाठा वितरण गरेको छ । यसैगरि वडा नम्वर ५ मा वडा अध्यक्ष दिपक गौतमद्वारा बाख्रा वितरण गरिएको हेफर गाउँपालिका संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।