तुलसीपुर, ७ मंसीर । दाङमा रासायनिक मल डिएपीको पर्याप्त मात्रामा आपुर्ति नहुदा किसानहरु समस्यामा परेका छन् । खेती गर्ने समय सुरु भईसक्दा पनि किसानहरुले डिएपी मल भनेको समयमा पाउन सकिरहेका छैनन । तर तुलसीपुरमा भने किसानका लागी आएको रासायनिक मल डिएपीमा टाँठाबाँठाहरुको हालीमुहाली भएको पाईएको छ ।सल्यान रोडमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा तुलसीपुरले पहुँचवाला र टाँठाबाँठाहरुलाई बढि प्राथमिकता दिदै डिएपी मल वितरण गरेको पाईएको छ । सरकारी अनुदानमा रासायनिक मल वितरण गदै आएको कृषि सामग्री कम्पनी शाखा तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेको आदेशमा पहुँचवाला, चिनेजानेका तथा आफु निकटका मानिस र सहकारी संस्थालाई बढि प्राथमिकता दिएर डिएपी मल वितरण गरेको पाईएको छ । तर दुरदराजमा रहेका सर्वसाधारण किसानहरुले भने रासायनिक मल पाउन सकेका छैनन । मंसीरको पहिलो हप्तामा मात्रै तुलसीपुरमा तिन पटक डिएपी मल ल्याईएको छ । यद्यपी उक्त मल सवै एकैसाथ वितरण गरिदैन । केहि डिएपी मल स्टक राख्ने गरिएको पाईएको छ ।मल स्टक राख्नुको कारण खुलाईएको छैन । तर स्टक रहेका मल पहुँचवालालाई गोदामबाटै वितरण गरेको पाईएको छ ।यहि मंसीर २ गते शाखा तुलसीपुरका लागी २५ मेट्रिकटन मल डिएपी आएको थियो । तर उक्त मल केहि स्टक राखेर अन्दाजी २० वटा सहकारी संस्थालाई १५ देखी २० बोराका दरले वितरण गरिएको शाखाका सहायक प्रमुख कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
यस्तैगरी यहि मंसीर ६ गते २५ मेट्रिकटन डिएपी मल आएकोमा केहि सहकारी संस्थालाई १० देखी १५ बोराका दरले वितरण गरिएको उहाले जानकारी दिनुभयो । जुन मल पहिले नलगेका सहकारी संस्थालाई यसपटक वितरण गरिएको हो । यस्तै मंसीर ७ गते २५ मेट्रिकटन मल आईपुगेको छ । उक्त मल पनि त्यसैगरी वितरण हुने उहाको भनाई छ ।तर सहकारी संस्थाले भने पहुुँचको आधारमा वितरण भईरहेको आरोप लगाएका छन् । बाहिरी रुपमा ती कुरा गरेपनि बास्तविक रुपमा त्यसो नभएको एक सहकारी संस्थाका अध्यक्षले तुलसीपुर खवर संग बताउनुभयो ।
एक पटक लगेको सहकारी संस्थालाई अर्को पटक नदिने भन्ने कार्यालयको निति व्यवहारिक रुपमा फरक हुने गरेको उहाले बताउनुभयो । उहाका अनुसार सहकारी संस्थाले पाएको उक्त डिएपी मल भन्दा किसानहरुको माग दोब्बर -तेब्बर हुदा वितरण गर्न समस्या भएको छ ।आफुहरुले लगेको मल किसानहरुलाई वितरण गर्न नपुगेपछि मल नपाएका किसानहरु सहकारी संस्था माथी आक्रोसित हुने गरेका छन् ।कृषि सामग्री कम्पनीले आबश्यकता भन्दा पनि पहुँच र तानाशाही तरिकाले मल वितरण गरेकै कारण किसानहरुको माग अनुसार डिएपी मल आपुर्ति हुन नसकेको उक्त संस्थाले आरोप लगाएको छ ।
चिनेजानेकालाई लुकाई लुकाई हाकिमले मल दिए नेपाली क्यालेण्डर अनुसार हरेक हप्ताको शनिवार सार्वजनिक विदा हुन्छ । यो सर्ववितै छ ,कुनै नयाँ कुरा होईन । शनिवार अधिकांस सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बिदामा हुन्छन् । तर यहि मंसीर ४ गते शनिवारको कुरा हो । शनिवार दिउँसो दुई वा तिन बजेको थियो । सर्वसाधारण नागरिकका बन्द हुने सल्यानरोड स्थित गोदामघर टाँठाबाँठाहरुका लागी उक्त दिन खुल्ला थियो । त्यहा एक जना कर्मचारी पनि थिए । तिन-चार जना टाँठाबाँठाहरुले तिन-चार बोरा डिएपी मलको बोरा गेट बाहिर राखेर उभिएका थिए । उनीहरुले मल लगेको एक प्रत्यक्षदर्शीले तुलसीपुर खबरलाई बताउनुभयो ।
उनी भन्छन हामीले डिएपी मल माग्दा छैन भन्नुहुन्छ हाकिमले तर मल रहिछ त ? शनिवार पनि पहुँचवालाले मल लगेर गए । उनीहरु शाखा तुलसीपुर न्यौपानेका नजिकका मान्छे मानिन्छन् । यो एउटा उदाहरण मात्रै हो उनले आफु निकट र पहुँचवालालाई मात्रै प्राथमिकतामा राखेर मल बाँडफाँड गदै आएको धेरै गुनासो आउने गरेको छ । उनी हुन कांग्रेस निकट कर्मचारी कृषि सामग्री कम्पनी लिमिटेड शाखा तुलसीपुरका प्रमुख तिर्थराज न्यौपाने विगत लामो समय देखी उक्त कार्यालयको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ उहा नेपाली कांग्रेस निकटका कर्मचारी हुनुहुन्छ । उहाले पदको दुरुपयोग गदै आफु निकटका मान्छे र सहकारी संस्थालाई मल वितरण गदै आउनु भएको आरोप लगाईएको छ ।उहा नेपाली कांग्रेस निकट भातृसंगठन ट्रेड युनियनसंग आबद्ध हुनुहुन्छ । गलत कुरा हो : न्यौपाने यता कृषि सामग्री कम्पनी लिमिटेड शाखा तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले भने गलत आरोप लगाएको दावी गर्नुभएको छ । उहाले यस विषयमा तुलसीपुर खबरलाई प्रतिक्रिया दिदै कसैलाई पनि पहुँचको आधारमा मल वितरण नगरेको बताउनुभयो । मंगलवार दिउँसो दुई बजेतिरको सम्पर्कमा उहाले आफु अहिले नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन स्थलमा भएको जानकारी दिदै त्यसो नगरेको दावी गदै हतारमा फोन काट्नु भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।