फाईल फोटो
दाङ,४ मंसीर । मोरङको क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन हुनुभएको छ । १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिनुभएको छ ।
अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उहाँले बताउनुभयो । यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन हुनुभएको हो । अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ । रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।