२०८३ कार्तिक १४ गते शनिवार

कांग्रेसको देउवा पक्ष र पौडेल पक्षविच मतगणना स्थलमै झडप

सांकेतीक फाईल फोटो

काठमाण्डौ,४ मंसीर । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणनाका क्रममा झडप भएको छ । सिद्धार्थनगर नगरपालिकाको भैरहवामा भएको झडपमा पाँच जना घाइते भएका छन् । घाइते भएकामध्ये क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । मतगणना स्थलमा संस्थापन पक्षले आक्रमण गरेको नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताउनुभयो । प्रदेश–३ (क) मा संस्थापन पक्षबाट सुरेन्द्र जङ्ग थापा र नेता पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।