तुलसीपुर, ४ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष सुर्य बहादुर डाँगी (श्याम)ले वडाका पिडित किसानहरुको पहिचान गरी राहातको लागी आबश्यक पहल थाल्ने बताउनुभयो ।धानबाली क्षति भएको स्थानहरुको विहिवार अवलोकन गदै उहाले पिडित किसानहरुको विवरण संकलन गरी राहातका लागी पहल गर्ने बताउनुभयो । अविरल बर्षातका कारण क्षति भएको कचिला,कचिली,टरिगै र गनारीमा किसानका खेतमा पुगेर उहाले किसानहरुलाई यस्तो बताउनुभयो ।
वडा अध्यक्ष डाँगीका अनुसार गत आईतवार देखी परेको अविरल बर्षातका कारण वडा भित्र किसानले लगाएको धानबालीमा क्षति पुगेता पनि विशेषगरी कचिला,कचिली,टरिगै र मनारीमा बढि क्षति भएको छ ।चार÷पाँच कठ्ठामा धानखेती गरेका किसानहरुको पुर्ण रुपमा क्षति हुदा उनीहरु निकै समस्यामा परेको उहाले बताउनुभयो । त्यस क्षेत्रका चार घरपरिवार किसानले लगाएको धानबाली पुर्ण रुपमा क्षति भएको छ । यस्तैगरी पाँच-छ कठ्ठा देखी बढि जग्गामा लगाएको धानखेतमा पनि धेरैजसोमा क्षति पुगेको उहाले जानकारी दिनुभयो ।
साथै कतिपय स्थानमा धान पाकी सकेको हुदा हाल मौसम पुर्ण रुपमा सफा नहुदा सम्म धान नकाट्न सुझाव दिएको उहाले बताउनुभयो ।काटेर खेतमा राखेको बचेको धानलाई सुरक्षित ठाउँमा राख्न किसानहरुलाई सुझाव दिईएको छ ।काटेको धान कतै बगाएको छ भने कतै भिजेका छन् । यस्तैगरी नकाटेको धान पनि हावाले ढालेपछि काट्न समस्या हुने किसानहरुले बताएका छन् ।त्यस अवसरमा किसानहरुले आफुहरुले अगाएको धानमा धेरै क्षति पुगेको भन्दै सरकारले केहि राहात दिनुपर्ने माग गरेका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।