२०८३ कार्तिक ११ गते बुधवार

पानीले भिजेको धानबालिलाई सुरक्षित राख्न सकिने विज्ञहरुको सुझाव

फाईल फोटो

काठमाण्डौ,४ कात्तिक । गत आइतबारदेखि लगातार पानीले भिजेको धानबालिलाई सुरक्षित राख्न विभिन्न सुझाव विज्ञहरुले दिएका छन । यदि काटेको धान भए धेरै चिसो वा तातो ठाउँमा राख्न नहुने धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले बताउनुभएको छ । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ । धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ ।

चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्न नहुने बताउनुभयो । त्यसैगरी धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्छ । दाना नै नलागेको धान डुबेको अवस्थामा भने त्यसलाई सुरक्षित गर्न नसकिने धानबाली विज्ञ उप्रेतीले बताउनुभयो । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन । किसानको क्षतिपूर्ति उपलब्ध गराउने एक मात्र उपाय बाली बीमा भए पनि कतिपय किसानलाई अझै पनि बाली बीमाबारे थाहा नभएकाले समस्या निम्तिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।