२०८३ कार्तिक ९ गते आइतवार

गाउँमा खानेपानी पुगेपछि स्थानीय खुसी

बुद्धि पुन, सल्यान १७ असोज । सल्यानको छत्रेश्वरी गाउपालिका १ मयानीमा लामो समय देखी खानेपानीको समस्या थियो । गाउको नजिकमा खानेपानीको मुहान नहुदाँ घण्टौँ लगाएर डोकोमा गाग्री बोकेर पानी ल्याउनु पर्ने बाध्यता रहेको थियो । नजिकमा पानीको मुहान नहुदाँ स्थानियले साँझ बिहानको समय डोकोमा पानी बोकेर नै खर्च गर्ने गर्थे । तर अहिले गाँउमा खानेपानीको धारा जडान भए पछि सजिलो भएको छ । ‘पहिले डोकोमा पानी बोकेर नै समय जान्थ्योँ, अहिले पानीको धारा गाउँमा आए पछि सजिलो भएको छ,’ मयानीका स्थानिय खुम बहादुर चन्दले भन्नु भयो । उहाँले गाँउमा पानीका धारा जडान भए पछि स्थानियलाई सजिलो र समयको बचत भएको बताउनु भयो । मयानीकै अर्का स्थानिय सोबी चन्दले पनि गाउँमा खानेपानीका धारा जडान भए पछि मानिसले पानी पिउन र बस्तुभाउलाई खुवाउन सजिलो भएको बताउनु भयो । ‘पहिले पानीको समस्या नै थियो, मानिस र बस्तुभाउलाई समस्या थियो, अहिले सजिलो भएको छ,’ उहाँले भन्नु भयो । उहाँले गाउँमा नै खानेपानीका धारा जडान भए पछि बिद्यालय जाने बालबालिकालाई झन सहिलो भएको बताउनु भयोे । खानेपानीको आयोजना सम्पन्न पश्चात मयानीका २४ घरधुरी लाभान्बित भएका छन् । मयानीमा खानेपानीका ८ वटा र सिचाँईका लागी ४ वटा धारा समेत जडान गरिएको छ । दलित बिकास समाज सल्यानद्धारा सञ्चालित पहल कार्यक्रमको ३ लाख ३५ हजार आर्थिक सहयोग र स्थानियको श्रमदान गरी झण्डै साढे ६ लाख बढीको लागतमा उक्त आयोजना सम्पन्न भएको हो । मयानी बहुउद्देश्यीय खानेपानी आयोजनाका अध्यक्ष लेख बहादुर चन्दले खानेपानी र सिचाँईका धारा जडान पश्चात स्थानियलाई सहिलो भएको बताउनु भयो । ‘यहाँ खानेपानीका ८ वटा धारा जडान गरिएको छ, ६ वटा धारा बालमैत्री छन्, यस्तै सिचाँईका लागी ४ वटा धारा जडान गरिएको छ,’ उहाँले भन्नु भयो । मयानीमा खानेपानी र सिचाँईको लागी धारा जडान गरे पछि स्थानियलाई सहजता भएको पहल कार्यक्रमका सिँचाई प्राबिधिक कैलाश चनाराले बताउनु भयो । ‘खानेपानी र सिचाँईको सुबिधा नहुँदा स्थानियलाई समस्या थियो, अहिले यस खानेपानी आयोजना बाट २४ घरधुरी लाभान्बित भएका छन्, करिब २५ रोपनी जग्गामा सिचाँई सुबिधा पुगेको छ, पहल कार्यक्रमले यस आयोजना सम्पन्न गरेपछि स्थानिय खुसी भएका छन्,’ उहाँले भन्नु भयो । गाँउ देखी झण्डै डेढ किलोमिटर टाढा रहेको खोलेखर्क खानेपानीको मुहान बाट पानी मयानीमा ल्याईएको छ । पहल कार्यक्रम अहिले जिल्लाका साबिक दमाचौर, लेखपोखरा, लक्ष्मीपुर, कालीमाटी रामपुर, निगालचुँला र कुपिण्डे दह गाबिसमा सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति : २०७४ असोज १७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।