तुलसीपुर ४ मा किसानलाई उन्नत जातको तोरी र टमाटरको विउ वितरण,किसान खुशी

तुलसीपुर २७ भदौ । तुलसीपुर ४ मा रहेको हरियाली कृषि समुहमा आबद्ध किसानहरुलाई उन्नतजातको तोरीको विउ र टमाटरको विउ वितरण गरिएको छ । ग्रिन फाउण्डेशन नेपाल दाङ शाखाले समुहको माग अनुसार किसानहरुलाई विउ वितरण गरेको हो । समुहका अध्यक्ष दोलक बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विउ हस्तान्तरण गदै वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले विउलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।थोरै विउ भएपनि धेरै उत्पादन हुन सक्ने भन्दै विउलाई सहिसदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।

वडामा अधिकांस वडाबासी कषिखेती संग जोडिएको भन्दै राम्रो तरकारी उत्पादन पकेट क्षेत्र भएको उहाले बताउनुभयो । वडा कार्यालयले पनि कृषकहरुका लागी विभिन्न कार्यक्रम संचालन गरेको र चालु आर्थिक वर्षमा किसानलाई मेसीनरी औजार वितरण गर्ने योजना अनुसार बजेट विनियोजन गरेको बताउनुभयो ।सोहि अवसरमा ग्रिन फाउण्डेशन दाङका सचिव सुरेस रावतले समुहमा आबद्ध भएका तथा कोरोना प्रभावितलाई लक्षित गरी आयआर्जनमुलक कार्यक्रम संचालन गरेको बताउनुभयो ।

विशेषगरी किसानहरुको जिवनस्तर माथी उकास्नका लागी सहयोग पुग्ने गरी आफुहरुले व्यावसायीक कृषि खेती गर्न चाहाने किसानहरुलाई उन्नत जातको विभिन्न विउविजन वितरण गरेको उहाले बताउनुभयो । उत्पादन क्षेत्र अनुसारको विउविजन वितरण गरेको हुदा आफुहरुले दिएको विउले राम्रो उत्पादन गरी अर्को वर्ष फेरी त्यसलाई विउको रुपमा प्रयोग गर्न सकिने उहाले बताउनुभयो ।४० केजी तोरीको विउले तिन विघाहा बढि क्षेत्रफल जमिनमा लगाउन मिल्ने भएकाले यसबाट धेरै उत्पादन हुने उहाको भनाई छ ।यस्तैगरी टमाटरको १० प्याकेटबाट बिस हजार वेर्ना उत्पादन गरी धेरै टमाटर उत्पादन हुने र बजारीकरणमा समस्या भएमा त्यसको व्यवस्थापन आफुहरुले सहयोग गर्ने उहाले बताउनुभयो ।
उन्नत जातको टमाटर र तोरीको विउ पाएपछि किसानहरु खुशी भएका छन् ।समुहका सदस्य तथा किसान शंकर वलीले उन्नत जातको विउविजन पाउदा खुशी लागेको बताउदै यसले आफुलाई धेरै राहात भएको बताउनुभयो । किसानहरुलाई ४० किलो उन्नत जातको तोरीको विउ र दश प्याकेट हेमसना जातको टमाटरको विउ वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण संस्थाका तुलसीपुर कार्यक्रम संयोजक तेजराज वलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया