जुम्लामा बजार नपाउँदा लाखौँ मुल्यको प्याज खेर

काठमाण्डौ,१८ भदौ । जुम्लाको पातारासी गाउँपालिकामा बजारिकरण हुन नसक्दा लाखौँको प्याज कुहिने अवस्थामा पुगेको छ। अहिले किसानले प्याज भण्डारण गरेर राखेका छन् । तर बजारिकरणको समस्याका कारण प्याज यसै थन्किएको छ । भण्डारण गरेर राखेको प्याज नबिक्दा किसानहरु चिन्तित छन् ।

पहिलो चरणको प्याज भित्¥याएर भण्डारण गरेर राखेको पातारासी ६ का किसान रमेश बुढाले बताउनुभयो । पहिलो चरणको प्याज बेच्न नपाउँदै दोस्रो चरणको प्याज भित्¥र्याउने बेला भइसक्यो, तर पनि प्इाज बिक्रि नभएको किसानहरुको गूनासो छ । प्याजको संभावना देखेर बारी भरी प्याज रोपेको र रोपे अनुसारको प्याज उत्पादन पनि भएको तर उत्पादन अनुुसार बजार व्यवस्था नहुँदा किसान आफुहरु मर्कामा परेको किसानको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया