२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरका एग्रोभेट पसलबाट म्याद नाघेका विउविजन बरामद

तुलसीपर , १७ भदौ । तुलसीपुर उपमहानगरपालिका बजार क्षेत्रमा रहेका एग्रोभेट पसलहरुको विहिवार अनुगमन गरिएको छ । उपभोक्ताहरुको व्यापक गुनासो पछि तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अघुवाईमा एग्रोभेट पसलहरुमा अनुगमन गरिएको शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । अनुगमनका क्रममा केहि एग्रोभेट पसलहरुबाट म्या नाघेका विउविजनहरु बरामद गरिएको उहाले जानकारी दिनुभयो ।

यस्तैगरी कतिपय पसलहरुमा विउँविजनको मुल्यसुची नराखेको पाईएको छ । पहिलो पटक भएकाले व्यापारीहरुलाई अनुगमनका क्रममा सचेत गराईएको छ । उनीहरुलाई आगामी दिनमा उपभोक्ता ठग्ने र झुक्याउने जस्ता कार्य नगर्न सुझाव दिईएको उहाले बताउनुभयो । दर्जन बढि एग्रोभेट पसलमा अनुगमन गरिएको छ । अनुगमनमा कृषि ज्ञान केन्द्र घोराहीका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल, तुलसीपुर कृषि शाखा प्रमुख धनराज गौतम, पशुे सेवा शाखाका अधिकृत सुवास आचार्य, तुलसीपुर ५ का वडा सदस्य अजय बुढाथोकी,सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।