सल्यानमा बालबिबाह गर्ने किशोरीहरु बढ्दै

बुद्धि पुन,सल्यान ३० भदौ । सल्यानको सिन्वाङमा बालबिबाह गर्ने किशोरीहरुको संख्या धेरै रहेको पाईएको छ । साबिकको सिन्वाङ गाबिसमा २० बर्ष भन्दा मुनीका किशोरीहरुको बिहे हुुने गरेको पाईएको हो । सिन्वाङ गाबिसमा रहेको स्वास्थ्य चौकीले पछिल्लो केही बर्ष यता बालबिबाह गर्ने किशोरीहरुको संख्या बढ्दै गएको जनाएको छ ।

स्वास्थ्य चौकी सिन्वाङका निमित्त प्रमुख बिमला केसीले केही बर्ष यता २० बर्ष भन्दा सानो उमेर समुहका किशोरीहरु स्वास्थ्य चौकीमा प्रसुती हुन आउने गरेको बताउनु भयो । स्वास्थ्य चौकी सिन्वाङको तथ्यांङ्क अनुसार आर्थिक बर्ष २०७२र७३ मा ३७ जनाले स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका थिए । जसमा १३ जना बीष मुनिका रहेका छन् ।

यस्तै आर्थिक बर्ष २०७३÷७४ मा ४० जना स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका छन् । जसमा १८ जना बीष बर्ष मूनिका रहेको स्वास्थ्य चौकीको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै यस आर्थिक बर्षको हाल सम्ममा स्वास्थ्य चौकीमा ६ जना सुत्केरी भएको मा २ जना बीष बर्ष मुनिको रहेका छन् ।

स्वास्थ्य चौकी सिन्वाङका निमित्त प्रमुख केसीले स्वास्थ्य चौकीमा सुत्केरी हुन प्राय किशोरीहरु आउने गरेको बताउनु भयो । “स्वास्थ्य चौकीमा सुत्केरी हुन प्राय २० बर्ष मूनिका आउने गर्दछन्,” उहाँले भन्नु भयो –“सानो उमेरमा नै बिहे गर्नाले आमा र बच्चा दुबैको अबस्था जोखिममा हुन्छ ।”

केसीले सानो उमेरमा बिहे गर्दा बिभिन्न स्वास्थ्य समस्या आईपर्ने भएकाले उमेर पुगे पछि मात्रै बिहे गर्नु पर्ने बताउनु भयो । “सानो उमेरमा बिहे नगर्नु होस, यदी गरि हाल्नु भयो भने पनि २० बर्ष पुगे पछि मात्रै बच्चा जन्माउनु होस,” उहाँले भन्नु भयो । उहाँले सुत्केरी हुन आउने सबैलाई २÷३ बर्षको अन्तरालमा मात्रै अर्को बच्चा बनाउन सुझाब दिने गरेको बताउनु भयो ।

यस्तै परिवार नियोजनका अस्थायी साधन प्रायोग गरेर गर्भान्तर बढाउन सुझाब दिने गरेको बताउनु भयो । कपुरकोट गाउपालिका अन्र्तगत स्वास्थ्य शाखाका फोकल प्रसन पुष्पजंग मल्लले जनचेतनाको कमीका कारण बालबिबाह बढी हुने गरेको बताउनु भयो । “यहाँ बालबिबाह धेरै हुने गर्दछ, यसका किशोरकिशोरी सबै पर्दछन्, तर चाँडै गर्भबती हुने भएकाले बढी समस्या किशोरीलाई हुने गर्दछ,” उहाँले भन्नु भयो ।उहाँले भाबि योजना नबनाउदा पनि सानो उमेरमा बिबाह गरेर गर्भबती हुने गरेको बताउनु भयो ।

बालबिबाह कम गर्नका लागी जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने उहाँले बताउनु भयो । कपुरकोट गाउपालिका ६ छायानाथमा रहेको भवानी माद्यामिक बिद्यालयका प्रधानाध्यापक दल बहादुर खड्काले आफ्नो बिद्यालयमा बालबिबाह न्यूनिकरणको लागी जनचेतनामुलक प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनु भयो ।

“स्वास्थ्य चौकी संग सहकार्य गरेर किशोरकिशोरीहरुलाई किशोराबस्थामा हुने परिबर्तन, बालबिबाह लगाएतका बिभिन्न बिषयमा जानकारी दिने गरेका छौँ” उहाँले भन्नु भयो । उहाँले बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी र शिक्षकहरु २० बर्ष मुनिका बालबालिकाहरुले गरेको बिबाहमा सहभागी नहुने निर्णय गरेको बताउनु भयो । यदी गएको पाईएमा ५ सय रुपैँया जरीवाना तोकिएको बताउनु भयो ।

File Photo

प्रकाशित मिति : २०७४ भाद्र ३० गते शुक्रवार
प्रतिक्रिया