सचेतना अभियान गाउँसम्म

 

तुलसीपुर २७ भदौ
लामो समयदेखी तुलसीपुरमा चल्दैआएको सरसफाइ सचेतना अभियानलाइ तुलसीपुर उपमहानगरपालीकाले गाउँमा पु¥याएको छ ।
स्थानिय टोलवासीहरुको सक्रियता र नगरपालीकाको आह्वानमा सोमवार बजार क्षेत्रभन्दा वाहीर रहेको वडा नम्वर ९को प्रगतीनगर टोलमा सरसफाइ अभियान थालेको हो । सचेतना अभियानमा पुर्व पर्सेनी देखी मानीसहरु गएर घर अगाडी सफा राख्नुपर्छ भन्ने सन्देश दिएर फोहोर सकंलन गरेका थिय । उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले टोल–टोलमा जागरण ल्याउनका लागी आउदा साता देखी सवै वडाहरुले सक्रियता देखाउन थालेको वताउनु भयो । सरसफाइअभियानमा साथ दिने टोलवासीहरुलाइ दण्ड र सम्मानको ब्यवस्था गरेको जानकारी दिदै सरसफाइमा सक्रियता देखाउने टोललाइ पुरस्कृत गर्नका लागी वजेट विनियोज गर्न थालेको वताउनु भयो ।
प्रगतीनगर सुरु भएलगत्तै उपमहानगरपालीका उपप्रमुख मायाँ आचार्यले सरसफाइ अभियानमा सचेतना फैलाउन गाउँपसेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका ९का वडा अध्यक्ष घनश्याम ढकालले तत्कालै वडाका सवै टोलका प्रतिनिधीहरुलाइ वोलाएर आफ्नो टोल आफै वनाउ भन्ने कार्यक्रम सचांलन गर्न थालेको वताउनु भएको छ । त्यसका लागी वडाले आवस्यक सामाग्री फोहोर सकंलनका लागी चाहीने गाडीको ब्यवस्थालाइ उपमहानगरपालीका सगं समन्वयकार भुमिका खेलेर अगाडी वढ्ने वताउनु भयो । तुलसीपुर उद्योगबाणिज्य सघंका अध्यक्ष विरु रावत लगायतले आउदा दिनमा टोल आफैले सरसफाइ अभियानमा सक्रियता देखाउनुहोस भन्ने उदेश्यले जागरण अभियानका लागी गाउँपसेको वताउदै नगरपालीका उद्योगबाणिज्य सघंले गरेको सरसफाइअभियानलाइ सवै टोलवासीहरुले साथ दिनुपर्ने वताउनु भयो । टोलका सदस्य मुक्ती न्यौपानेले वोल्नुभएको कार्यक्रमलाइ सुचना अधिकारी झरेन्द्र खरेलले सचांलन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ भाद्र २७ गते मङ्गलवार
प्रतिक्रिया