२०८३ कार्तिक १८ गते बुधवार

नुवाकोटमा सामाजिक सुरक्षा भत्ता वितरणको रकम वडा कार्यालयबाट चोरी

नुवाकोट १४ साउन । नुवाकोटको पञ्चकन्या गाउँपालिका २ को वडा कार्यालयबाट चोरी भएको रकम अझै फेला पर्न सकेको छैन । सामाजिक सुरक्षा भत्ता वितरणका लागि राखिएको ५३ लाख रुपैयाँ, ४ महिना अगाडी वडा कार्यालयबाट चोरी भएको हो ।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाँउपालिका वडा नम्बर २ को वडा कार्यालयबाट भत्ता वितरण गर्न ल्याइएको रकम चोरी भएको घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन् । २०७७ साल चैत्र २४ गते राती वडा कार्यालयवाट चोरी भएको रकमको बारेमा वास्तविकता बाहिर आउन नसक्दा स्थानीयवासी निकै चिन्तित भएका छन् । प्रहरी प्रशासनले पछिल्लो समय रकम चोरी गर्नेको खोजी गर्न चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

 

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।