२०८३ कार्तिक १८ गते बुधवार

अझै पनि सरसफाइकर्मी कोरोना विरुद्धको खोप नपाएको गुनासो

काठमाण्डौं १४ साउन । हाल सम्म देशभर १४ लाख ५७ हजार ६ सय ७० जनालाइ कोरोना बिरुद्धको दुबै डोजको खोप लगाईएको छ । खोप वितरणको प्रक्रिया हाल पनि जारी छ । सरकारले अग्रमोर्चामा खटिने कर्मचारीको रुपमा सरसफाइकर्मीलाई खोप दिदै आएको छ । तर अनौपचारिक क्षेत्रका फोहोर सङ्कलकहरु भने कोरोना विरुद्धको खोप लगाउन नपाएको बताउँदै आएका छन् । फोहोर संकलनको काम गर्दै आउनुभएका रौतहट बौधीमाई नगरपालिकाका मुन्ना बाबू जयसवालले अहिले सम्म कोरोना बिरुद्धको खोप लगाउन पाउनुभएको छैन । बिग्रिएका सामान सङ्कलन गर्ने र बेच्ने गर्नुपर्दा दैनिक धेरै मानिससंग उहाँको भेट हुन्छ । जयसवालले खोप लगाउन मन भएपनि खोप नपाएको गुनासो गर्नुभयो । नेपालमा सरकारी तथा गैरसरकारी क्षेत्रमा करिव ६ हजार सरसफाईकर्मी र अनौपचारिक क्षेत्रका १५ हजार बढि फोहोर संकलकहरु रहेका छन ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।