२०८३ कार्तिक १८ गते बुधवार

दाङमा लागुऔषध सहित एक जना पक्राउ

दाङ ११ साउन । दाङमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । नेपालगञ्ज देखि तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १७ १८ नम्बरको बसमा चेक गर्नेक्रममा तुलसीपुर अमिलिया सडक खण्ड अन्र्तगत डमारगाउँ बाट लागुऔषध सहित तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ घर भई हाल तुलसीपुर ६ मा डेरागरी बस्ने २७ वर्षका राजकुमार वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट खटिएको संयुक्त प्रहरीको टोलीले आईतबार साँझ करिव ७ बजे वलीलाई ७ ग्राम ६६ मिलि ग्राम लागुऔषध सहित पक्राउ गरिएको हो । पक्राउ परेका वली माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवंम् डिएसपी मुकुन्द प्रसाद रीजालले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।