बाढी प्रभावित क्षेत्रमा निशुल्क प्रजनन् स्वाथ्य शिविर

देविराम कुसारी,तुलसीपुर २१ भदौ । बाढी प्रभावित क्षेत्र फुलवारी र गोल्टाकुरीका लागि फुलवारीको मावि अम्वापुरमा तीन दिने निशुल्क वृहत प्रजनन् स्वास्थ्य शिविर आज (मंगलवार) देखी सञ्चालन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षता तथा तुलसीपुर उप–महानगरपालिकका मेयर घणश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं स्थानिय विकास अधिकारी कुलबहादुर जिसीको विशिष्ट आतिथ्यमा शिविरको उद्ध्घाटन गरिएको हो ।

उद्ध्घाटन सत्रमा वोल्ने सहभागिले शिविर महत्वपुर्ण भएको हुदा लाभ लिन सवैमा आग्रह गरेका थिए । अन्य शिविर र यो शिविरमा फरक भएको भन्दै विषयगत डाक्टर वाट दिइने सेवा लिन वाट वन्चीत नहुन आयोजकले आग्रह गरेको छ । घोराही उद्योग वाणिज्य संघका सचिव माया पोख्रेलको स्वागत मन्तव्य वाट सुरु भएको उद्ध्घााटन कार्यक्रममा प्रमुख अथिती मेयर घनश्याम पाण्डेले सेवालाई प्रभावकारी वनाइने र अन्य राहातका कार्यक्रममा पनि पहल गर्ने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेल, दंगीशरण गाउँ पालिकाका उपाध्यक्ष पिमा खड्का, तुलसीपुर १३ का वडा अध्यक्ष डम्वर न्यौपाने, नेपाल रेडक्रस उहरी उपशाखाका सभापति हरिहर पौडेल, मावि अम्वापुरका प्रधानाध्यापक नुमानन्द रेग्मी विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष हरिदत्त कार्की, यु.यन.एफ.पि.य. का रामबहादुर थापा, परिवार नियोजनका अध्यक्ष निर्माला रेग्मी, पत्रकार देविराम कुसारी लगाएतले वोल्नुभएको थियो । कार्यक्रममा परिवार नियोजनका सचिव वसन्त खनालले शिविरको वारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण कुन्दन ठाकुरले गर्नुभएको थियो ।

तीन दिन सम्म सञ्चालन हुने शिविरमा पहिलाले सम्पुर्ण रोगको उपचार दिन पाउने भएका छन् भने पुरुषलाई पनि सेवा दिइने भएको छ । शिविर डाक्टर अरविन्द्र भुषालको नेतृत्वमा १२ जना स्वास्थ्य कर्मीले सेवा दिने भएका छन् ।।

प्रकाशित मिति : २०७४ भाद्र २१ गते बुधवार
प्रतिक्रिया