नेपाल कम्युनिस्ट पार्टी घोराही नगरले गर्यो श्रमदान

घोराही, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिकाले जनश्रमदान गरेको छ। पार्टी निकट अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलको कमान्डमा घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारमा १० कठ्ठा क्षेत्रफलमा धान रोपेर श्रमदान गरिएको हो।
घोराही उपमहानगर कमिटी सदस्य द्वोय अमर खत्री र शरद खत्री तथा अखिल(क्रान्तिकारी) दाङ जिल्ला सचीव शरद खत्रीको खेतमा धान रोपाई सम्पन्न भएको हो। घरमुली  अमर खत्री लामो समय देखि स्वास्थ्य समस्याका कारण भेरी अस्पताल  नेपालगन्जमा उपचाररत भएको हुदा रोपाइँ गरेर सहयोग गरेको  सदस्य  केसी ले जानकारी दिनुभयो । वडाले प्रत्येक महिनाको १ दिन जनश्रमदान गर्ने नीति अघि सारेको छ ।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया