व्यवसायीक फलफुल खेति तालिम सुरु

तुलसीपुर, २६ असार । व्यवसायीक फलफुल खेति तथा नर्सरी व्यवस्थापन विषयक तालिम तुलसीपुर १६ लक्षिणपुरमा सुरु भएको छ ।  मुख्यमन्त्री विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाको अयोजनामा पँच दिने तालिमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनमा गरेका बाचा अनुसार किसानहरुलाई व्यवसायीक कृषि पेशामा संलग्न गराउन प्रदेश सरकारसंग समन्वय गरेर तालिमको व्यवस्थापन गरेको बताउनुभयो ।
तालिममा उत्साहजनका सहभागिता रहेकोमा खुशी व्यक्त गर्दै सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गर्न नगर प्रमुख पाण्डेले आग्रह गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिका १६ का वडाध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा भएको तालिममा उपप्रमुख माया शर्मा, कृषि विकास शाखा प्रमुख धनराज गौतम, मुख्यमन्त्री विकास तथा रोजगार कार्यक्रमका सहजकर्ता श्रीधर राजभण्डारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण कृषि प्राविधक कुलराज चौधरीले गर्नु भएको थियो ।  तालिममा विभिन्न वाडका महिला र पुरुष समेत गरेर ३५ जनाको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया