तुलसीपुरमा विउ संरक्षणका लागि किसानलाई व्याग

तुलसीपुर, २४ असार । विउ संरक्षणका लागि तुलसीपुरका किसानहरुलाई पलाष्टिकका व्याग वितरण गरिएको छ । अन्नबाली उत्पादनपछि बर्षेनी ढुसी, किरा र पुतलीबाट ३ं० देखि ३२ प्रशित अन्नबालीमा क्षेति हुने भएकाले विउ संरक्षणका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विषादी विउ तथा खाद्यन्न भण्डारण गर्ने व्याग वितरण गरिएको हो । किसानलाई वितरण गरिएको व्यागमा दलहन र गहुँबालीको संरक्षण गरिने छ । २ सय ५० जनालाई प्रति व्यक्ति ५ वटाका दरले व्याग वितरण गरिएको कृषि विकास शाखा अधिकृत धनराज गौतमले जानकारी दिनुभयो । सो अवसरमा किसानलाई व्याग वितरण गर्दै नगर प्रमुख घनश्याम पाण्डेले संरक्षण गर्न नसक्दा परम्परागत अन्नबालीहरु लोप हुँदै गएको बताउँदै अब किसानलाई केहि सहज हुने बताउनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका विज्ञ विनोद शर्मालको अध्यक्षता तथा नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रममा युवा व्यवसायी पदम पोख्रेल (जेठुकान्छु ) कृषि प्राविधिक कुलजार चौधरी लगाएतले आआफना भनाई राखेको थिए ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया