२०८३ कार्तिक ११ गते बुधवार

दाङमा ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा बर्षैभरी सिंचाई पु¥याउने लक्ष्य

तुलसीपुर, २३ असार ।बृहत दाङ उपत्यका र्सिचाई आयोजना तुलसीपुरका अनुसार दाङको धेरै जसो भुभाग खेतीयोग्य जमिनले ओगटेको छ । यदी सिंचाई सुविधा प्रसस्त हुन सकेमा जिल्लामा कृषिजन्य व्यावसायका लागी राम्रो सम्भावना छ । तर खेतीयोग्य जमिनको सवैजसो ठाउँमा सिंचाईको अभाव देखीएको आयोजनाले बताएको छ । सिंचाईको अभावले खेतीयोग्य जमिन बाँझो अवस्थामा छन् । सिंचाई नभएकै कारणले सोचे अनुसार कृषिजन्य बस्तु उत्पादन हुन सकिरहेको छैन ।यहि समस्या समाधान गर्नका लागी आयोजनाले जिल्लामा ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य अनुसार काम गरीरहेको छ ।

आयोजनाले दाङमा दश वर्षे रणनितिक योजना बनाएर काम गरीरहेको आयोजना प्रमुख राजु आचार्यले बताउनुभयो । जुन ०७४-०७५ देखी सुरु भई ०८३-८४ सम्म लागु हुनेछ । यसले जिल्लाका अधिंकास कृषकहरुको जिवनस्तर माथि उठ्ने उहाको भनाई छ ।जिल्लामा आफुहरुले आर्थिक वर्ष ०७४-७५ देखी काम गर्न थालेको जानकारी दिदै उहाले जलाशय,लिफटिङ र डाईभर्सन मार्फत ५६ हेक्टर जमिनमा बर्षैभरी सिंचाई पु¥याउने लक्ष्य राखेको बताउनुभयो । सोहि अनुसार जिल्लाका घोराही, तुलसीपुर, दंगीशरण, बबई र शान्तिनगरमा ठुला-ठुला जलाशय निर्माण तथा लिफटिङ सिंचाई आयोजना संन्चालन र निर्माणधिन अवस्थामा रहेको आयोजना प्रमुख आचार्यले बताउनुभयो ।

यस्तैगरी माडी डाईभर्सनको अध्ययन गर्ने तयारी भएको छ भने शारदा दाङ डाईभर्सनको अध्ययन भईसकेको उहाले बताउनुभयो ।सोताका रुपमा रहेका विभिन्न क्षेत्रलाई अहिले जलाशय,ड्याम बनाउने कामहरु भएका छन् । जिल्लामा अहिले कतिपय सिंचाई आयोजना सम्पन्न भईसकेका छन् भने केहि निर्माणाधिन अवस्थामा रहेका छन् । दुधेगजेरी जलाशय तुलसीपुर १८ र १९ को सिमानामा पर्ने दुधेगजेरी जलाशयको निर्माण कार्य भईरहेको छ । त्यस क्षेत्रका ६० हेक्टर खेती योग्य जमिनमा सिचाई पु¥याउने लक्ष्यका साथ जलाशय निर्माणको काम भईरहेको आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो ।

उहाले अहिले सम्म ३० प्रतिशत काम भएको जानकारी दिनुभयो ।केहि वर्ष पहिले डिपिआर गरी अहिले जलाशय निर्माणको काम भईरहेको उहाले बताउनुभयो ।जलाशय निर्माण हुदै गर्दा स्थानिय कृषक खुशी भएका छन् । प्रसस्तै खेती योग्य जमिन भएपनि सिंचाईको समस्या भोग्दै आएका त्यस क्षेत्रका बासीन्दाहरु जलाशय सम्पन्न भई संचालनमा आएपछि सिंचाईको समस्या समाधान हुने बताउँछन् । भोजपुर सोलार लिफट सिचाई आयोजना तुलसीपुर १४ भोजपुरमा झन्डै चालिस घरधुरीको मानव बस्ती छ । जुन बबई नदीको आसपास पुर्वपश्चिम क्षेत्र अर्थात नदीको सतह देखी देखी झन्डै पचास मिटर उचाईमा रहेको खेती योग्य जनिममा सधै सिचाईको अभाव हुने गरेको थियो । तर बृहत दाङ उपत्यका सिचाई आयोजना मार्फत त्यहा अहिले सोलार लिफटिङ गरी सिचाईको सुविधा पु¥याईएको छ । जसले गर्दा स्थानियलाई अहिले खेतीपाती गर्न सहज भएको स्थानिय होताराम खत्रीले बताउनुभयो ।

त्यस क्षेत्रको झन्डै २५ विघाहा जमिनमा अहिले बाह्रै महिना सिचाई गर्न सहज भएको छ । यस अघि सिचाई सुविधा नहुदा बर्षातको समयमा मात्रै मकै खेती हुदै आएको बताउदै उहाले अहिले सिंचाईको समस्या नभएको बताउनुभयो ।

तर अहिले सिचाई सुविधा पुगेपछि मकैखेती संगै तरकारी खेती समेत भईरहेको उहाले बताउनुभयो ।बबई नदीको पानीलाई लिफट गरेर भोजपुरको गनारीमा सिचाई सुविधा पु¥याईएको छ । ७९ लाखको लागतमा उक्त आयोजना सम्पन्न भएको आयोजना प्रमुख राजु आचार्यले जानकारी दिनुभयो ।

सोलारको क्षमता १५ किलोवाट रहेको छ । ३९ वटा सोलार पाता जडान गरिएको छ । बबई नदीबाट लिफट गरी झन्डै एक सय मिटर माथी पानी पु¥याईएको उहाले जानकारी दिनुभयो ।बबई नदीबाट पानी तानेर एउटा ओभरहेडटंकी, ईन्टेक, पाईपलाईन विस्तार र सिचाई कुलो निर्माण गरिएको छ । उक्त आयोजनाबाट पन्ध्र हेक्टर जमिनमा सिंचाई गर्न पुगेको छ । पृथली जलाशय तुलसीपुर १८ दुधरासको उत्तरतर्फ पृथली जलाशय सिंचाई आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । साढे तिन विघाहा जमिनमा जलाशय निर्माण गरिएको छ । झन्डै पाँच -छ मिटर गहिराई रहेको छ ।

एक करोड लागतमा निर्माण हुन लागेको जलाशयबाट ४५ हेक्टर खेतीयोग्य जमिनमा सिंचाई पु¥याउने लक्ष्य पुथली कुईरेसोता लजाशय जल उपभोक्ता समितिको कोषाध्यक्ष तुल प्रसाद खलालले बताउनुभयो । यस क्षेत्रमा १६० घरधुरी रहेको र उक्त आयोजनाबाट छ सय बढि जनसंख्या लाभान्वित हुने उहाले बताउनुभयो । यस अघि सोता रहेको उक्त ठाउँमा बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत जलाशय ड्याम निर्माण हुन लागेको हो । सरेसोता जलाशय घोराही उपमहानगरपालिका वडा नम्वर २ र ३ को सिामानामा पर्ने सरेसोता जलाशय निर्माण भएको छ । एक करोड लागतमा निर्माण हुन लागेको जलाशयमा हाल सम्म ७८ लाख खर्च भईसकेको आयोजना प्रमुख आचार्यले बताउनुभयो ।यस जलाशयको क्षमता ३२ हेक्टर जमिनमा सिंचाई गर्न पुग्नेछ ।

उक्त आयोजनाबाट घोराही ४ ओतर, बाराआँगे लगाएतका ठाउँमा सिंचाई गर्न सहज हुने सरेसोता जलाशय आयोजना उपभोक्ता समितिका उपाध्यक्ष रेखा घर्तिले बताउनुभयो ।

यस अघि सिंचाईका लागी धेरै समस्या भएको बताउदै उहाले यस आयोजनाबाट आफुहरु खुशी भएको उहाको भनाई छ ।

चेपे लिफट सिंचाई घोराही २ मा घोराही उपमहानगरपालिकाले निर्माण गरेको जलाशयबाट लिफट सिंचाई आयोजना संन्चालन गर्न लागीएको छ । चेपे लिफट सिचाई आयोजना संचालन गर्न लागीएको आयोजना प्रमुख आचार्यले बताउनुभयो ।

आयोजना प्रमुख आचार्यले घोराही उपमहानगरपालिकाले निर्माण गरेको जलाशयबाट आफुहरुले लिफटिङ मार्फत सिचाई आयोजना सुचारु गर्न लागेको बताउनुभयो । अहिले धेरै जसो काम सकिएको र अबको केहि समय पछि उक्त आयोजना संचालनमा आउने उहाले बताउनुभयो ।अहिले सम्म पम्पहाउस, पाईपलाईन विस्तार, ट्रान्समिसन लगाएतका काम भएका छन । ७० हेक्टर जमिनमा सिंचाई गर्न पुग्नेछ ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।