दंगीशरण, २१ असार । दंगीशरण गाउँपालिका वडा न. ४ ले वडाका कृषकहरुलाई कम्बाईल मिल र पम्पसेट वितरण गरेको छ । वडा कार्यालयले ५० प्रतिशत अनुदानमा किसानलाई उक्त कृषि सामग्री वितरण गरेको कृषि शाखाका मान बहादुर डांगीले जानकारी दिनुभयो । वडाका कृषकहरुको माग बमोजिम सो सामग्री वितरण गरेको वडा अध्यक्ष नेप बहादुर कवँरले जानकारी दिनुभयो । वडाका रुपलाल खत्री, तारा बहादुर वली, लक्ष्य बहादुर वली, ऐलु चौधरी, शालीकराम चौधरी, शेखर चौधरी, विष्णु चौधरी, शान्ता कुमार चौधरी र सुरज चौधरीलाइ पम्पसेट वितरण गरिएको थियो भने रेशम चौधरी, राजु चौधरी, शिव चौधरी, जगत चौधरी, ललीता चौधरी, राज कुमारी चौधरी, सोवत चौधरी, प्रमिला चौधरी, सुकुम्बासी चौधरी र समिर चौधरीलाई कम्बाईल मिल वितरण गरिएको हो । दलित तथा विपन्न परिवारलाई फिल्टर सहयोग दंगीशरण गाउँपालिका वडा न. ७ ले वडाका दलित तथा विपन्न घर परीवारलाई फिल्टर वितरण गरेको छ । वडाका ४४ जना दलित तथा विपन्न घर परिवारलाई फिल्टर वितरण गरीएको हो । वडा अध्यक्ष विर बहादुर वलीका अनुसार वडाले हरेक बर्ष बर्षातको समयमा नागरीकहरु स्वच्छ खानेपानी खान पाउँन भन्ने उद्धेश्यले दलित तथा विपन्न घरपरीवारहरुलाई फिल्टर वितरण गर्दै आएको छ । फिल्टर पाएपछि दलीत तथा विपन्न घर परीवार खुसी भएका छन् ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।