दंगीशरण,१७ असार । दंगीशरण गाउँपालिकाका किसानहरुलाई वर्षे फलफुलको विरुवा वितरण गरिएको छ । दंगीशरण गाउँपालिका कृषि शाखाले बिहिवार एक कार्यक्रमका बिच किसानहरुलाई विभीन्न प्रजातीका फलफुलको वर्षे विरुवा वितरण गरेको हो ।गाउँपालिकाले ५० प्रतिशत अनुदानमा, मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत र वडा न.१, ६ र ७ को ७५ प्रतिशत अनुदानमा फलफुलको विरुवा वितरण गरिएको कृषि शाखाका मान बहादुर डांगीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत आपँ (दसहरी),कागती, स्टावेरी वितरण गरिएको हो । यस्तै दंगीशरण गाउँपालिका बाट आपँ (अम्रपाली, दसहरी) ,कागती, स्टावेरी, लिचि, अम्वा वितरण गरिएको हो ।यस्तै वडा न.१, ६ र ७ ले वडा बाटै किसानहरुलाई स्टावेरी,अनार, लिचि, अम्वा लगाएतका फलफुलको वर्षे विरुवा वितरण गरेको शाखाले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।